
बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ ।
सरकारी कार्यालय खुलेको दोस्रो दिन बिहिबार पनि कार्यालयमा कर्मचारीको संख्या न्यून देखिएको हो । मुख्यगरी मुलुकको प्रमुख प्रशासनिक केन्द्र मानिने सिंहदरबारका मन्त्रालय देखि सिंहदरबार वरिपरि रहेका विभिन्न मन्त्रालयका विभाग तथा सरकारी कार्यालयहरु सुनसान देखिएका छन् । कोरोना जोखिमका बीच आफ्नो घर गएका कर्मचारी काठमाडौं फर्केसँगै जोखिम झनै बढेको छ ।
दसैं मनाएर फर्किएका कर्मचारी केही दिन क्वारेन्टाइनमा बसेर कार्यालय आउने वा सिधै कार्यालयमा आउने भन्ने बारे सरकारको स्पष्ट नीति निर्देशन नहुँदा पनि कर्मचारीहरु कार्यालय आउन अन्योल भएको देखिन्छ । यो वर्षको दसैं बिदा मंगलबारबाट सकिएको छ । बुधबारबाट सबै सरकारी कार्यालयमा काम सुचारु हुनुपर्नेमा बिहीबारको दिन पनि कार्यालयहरु खाली देखिएका छन् ।
यो वर्ष दसैं मनाउन काठमाडौं उपत्यकाबाट विगत वर्षको तुलनामा न्यून संख्यामा मानिसहरु बाहिरिएका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय