प्रदेश राजधानी सार्ने निर्णयको विरोध गर्दै रुपन्देहीमा आजपनि प्रदर्शन
                        
                        
                                                
                                             
                                                
                        कोरोना महामारीको त्रासदीले देशका सम्पूर्ण जनता भयभित र राजनीतिक गतिविधि शून्यप्रायः भएको मौका छोपेर ५ नं.प्रदेशको राजधानी दाङ सार्ने प्रस्ताव प्रदेश सरकारले अघि बढाएपछि त्यसको विरोधमा सोमबार पनि रुपन्देहीमा प्रदर्शन भएको छ।
प्रदेश सभामा प्रमुख प्रतिपक्षी समेत रहेको नेपाली कांग्रेसले आह्वान गरको विरोध प्रर्दशनमा जिल्लाका विभिन्न संघ संस्थाको प्रतिनिधित्व रहेको थियो।
प्रदेश सभा घेराउ गर्न पुगेका प्रदर्शनकारीलाई बाटैमा प्रहरीले रोकेपछि नेपालगंज रोडको सडकमै बसेर उनीहरुले प्रर्दशन गरेको थिए। सो क्रममा प्रर्दशनकारीहरुले प्रदेशको राजधानी दाङ लैजाने प्रस्ताव फिर्ता गर्न माग गरेका थिए।
मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गर्दै उनीहरुले निर्णय नसच्याए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
विरोध प्रर्दशनमा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सरकारले जनभावना विपरित ल्याएको राजधानी सार्ने प्रस्ताव तत्काल फिर्ता लिन माग गरे। उनले अन्य प्रदेशका अस्थायी राजधानीलाई स्थायी राजधानीको रुपमा घोषणा गर्न मिल्ने तर, ५ नं.प्रदेशको राजधानी किन नहुने भन्दै सरकारलाई प्रश्न गरे।
यसअघि आइतबार साँझ काठमाडौंबाट फर्कदै गरेका मुख्यमन्त्री पोखरेललाई लक्षित गरेर प्रर्दशनकारीहरुले ढुंङा प्रहार समेत गरेका थिए। ढुंगा प्रहार गरेको अभियोगमा प्रहरीले कांगे्रसका ९ जना कार्यकतालाई प्रक्राउ गरेको छ।
 
 
 
                        
                    
                प्रकाशित मिति: आइतबार, असोज १८, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    