प्रदेश ५ को राजधानी दाङको देउखुरी पुग्यो, पक्षमा ६९ मत विपक्षमा १३ मत मात्रै
                        
                        
                                                
                                            
                        सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र यसको नेतृत्वको चाहना बमोजिम प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी तय भएको छ।
प्रदेशसभामा सोमबार भएको हंगामाका बाबजूद मंगलबार भएको मतदानमा प्रदेशको नाम र राजधानी लुम्बिनी र दाङ तोक्ने सरकारी प्रस्तावलाई बैठकको दुई तिहाई बहुमतले पारित गरेको हो।
झण्डै साढे तीन वर्षपछि मंगलबार भएको मतदानमा ८७ सदस्य रहेकेो प्रदेश सभाका ५२ उपस्थित सदस्यहरुमध्ये ६९ जनाले पक्षमा, १३ जनाले विपक्षमा मतदान गरेका थिए।
अहिले प्रदेशको नामाकरण लुम्बिनी राख्नेबारे प्रदेशका आन्तरिक मामिला मन्त्रीले राखेको प्रस्तावमाथि मतदान कार्य सुरु भएको छ।
 
 
                        
                    
                प्रकाशित मिति: सोमबार, असोज १९, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    