चीनले सीमास्तम्भ उखेलेर नेपाली भूभाग मिचेको कांग्रेस नेता शाहीको दाबी

कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले चिनियाँहरू नेपालको भूभागमा आउने तर नेपालीलाई आफ्नो सीमाको छेउछाउतिर पनि जान नदिने गरेकोे बताउनुभएको छ ।
नेपाल र चीनको सीमास्तम्भको स्थलगत अनुगमनका लागि आफ्नो नेतृत्वमा गएको टोलीले सीमास्तम्भमा कोरिएका देवनागरी लिपि फरक फरक भएको, सीमास्तम्भको आकार नयाँ निर्माण गरिएको र ‘पुराना स्तम्भको टुक्रा सोही ठाउंँमा भेटेको’ उहाँले जिकिर गर्नुभयो ।
नाम्खा गाउँपालिका वडा नं ६ लिमी, लाप्चामा अनुगमन गरी सदरमुकाम सिमकोट आएलगत्तै आयोजित पत्रकार सम्मेलनमा शाहीले लोलुगङ्जोग र लिमी, लाप्चाको सीमामा चीन सरकारले ६ महिनाअघि नै १२ नम्बरको नयाँ पिल्लर निर्माण गरेको जिकिर गर्दै लिमी लाप्चामा चीनले भवन निर्माण गरेको स्थानसमेत नेपालको भएको दावी गर्नुभयो ।
शाहीले टोलीले तयार पारेको स्थलगत प्रतिवेदनबारे जिल्लाका सर्वदलीय बैठक र स्थानीय अधिकारीलाई पनि जानकारी गराइने र केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, नेपाली काँग्रेसका सभापति, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षलगायत नेतासमक्ष प्रस्तुत गरिने बताउनुभयो । रासस
प्रकाशित मिति: आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय