
सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लागु गरेको जोर बिजोरको नियम उल्लङ्घन गर्नेलाई कारबाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिबार पनि जोर बिजोरको नियम पालना भए वा नभएको अनुगमन गरी नियम पालना नगर्ने सवारीसाधनलाई कारबाही गरेको हो । महाशाखाले दशैं सकिएसँगै काठमाडौं उपत्यकामा सवारी साधनको चाप पुनः बढ्न थालेपछि जोरविजोरको नियम पालना भए नभएको अनुगमन गरी नियम पालना नगर्नेलाई कारबाही गरेको हो ।
महाशाखाले दैनिक करिव ४ सय भन्दा बढी दुई पांग्रे र चारपांग्रे सवारी साधनहरुहरुलाई कारबाही गरेको जनाएको छ । लकडाउन र निषेधाज्ञापछि पनि कोरोना संक्रमणको दर बढ्दै गएको छ ।
कोरोना संक्रमणको दर बढ्दै जाँदा निषेधाज्ञा हटाइएपनि संक्रमणको जोखिम न्युनिकरणका लागि भन्दै सरकारले काठमाडौं उपत्यकामा जोरविजोर प्रणालीलाई कायमै राखेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय