हिमाल दैनिक
गुगलको सर्भिस क्र्यास भयो, जीमेल र यूट्यूब ४० मिनेटसम्म खुलेन
youtube-crash
बिश्वभर गुगलले दिंदै आइराखेको सर्भिसहरु आज क्र्यास भएको छ । सोमबार साँझ गुगलको जिमेल, युटुब, ह्यंगआउट, गुगल फर्म, क्लाउड, ड्राइभ, लगायतका सर्भिसहरु क्र्यास भएको छ। गुगलको सर्भिस करिब ४० मिनेटसम्मका लागि क्र्यास भएको थियो । साँझ करिब ५:१५ तिर सर्भिस क्र्यासका कारण गुगलको १९ सर्भिसेसहरु ठप्प भएका थिए। उक्त क्र्यास कसरी र के कारण ले भयो भन्ने कुराको अधिकारी जानकारी गुगल बाट अहिलेसम्म आएको छैन । युकेको एक समाचार एजेन्सी मिररका अनुसार बिश्वभर करिब ५४% प्रयोगकर्ताहरुले उक्त समयमा युटुब खोल्न सकेनन। त्यस्तै ४२% ले भिडियो हेर्न पाएनन भने ३% ले लगिन गर्न पाएनन । त्यस्तै जिमलमा ७५% प्रयोगकर्ताले लगिन र १५% ले वेबसाइटनै एक्सेस गर्न पाएनन । ८% जनाको म्यासेस रिसिभ पनि भएको थिएनन। गुगलको ह्यंग आउट, गूगल फर्म, गुगल क्लाउड, गुगल ड्राइव, गुगल डाकसजस्ता सर्भिस हरु पनि उक्त समयमा क्य्रास भएको थियो। यस अघि २० अगस्तमा गुगलको सर्बिस क्र्यास भएको थियो। एजेन्सीको सहयोगमा
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update