हिमाल दैनिक
लन्च हुनुअघि नै रेड्मी नोट-१० सिरिजको फोटो लिक, यस्तो छ फिचर्स
redmi-10
रेड्मीले अन्तराष्ट्रिय बजारमा नोट १० को सिरिज लन्च गर्ने भएको छ। कम्पनिले केहि समयअघि बिहिबार अन्तराष्ट्रिय बजारमा नोट-१० का सिरिज लन्च गर्ने खुलासा गरेको थियो। यद्दपी यस सिरिजमा कुन-कुन मोडेल हुनेछ भन्ने बारेमा कम्पनीले अधिकारिक रुपमा केहि खुलासा गरेको छैन। तर, रेड्मीले यस सिरिजमा रेड्मी नोट १० को ४-जी वा ५ जी र रेड्मी नोट १० प्रो को ४-जी वा ५ जी मोडल रिलिज गर्ने अड्कलबाजी भईराखेको छ। सिरिज रिलिज हुनुभन्दा दुई दिन अघि इन्टरनेटमा लाइभ फोटो लिक भएको छ। लिक भएको उक्त फोटोमा मोबाइलको स्पेसिफिकेशन्सको पनि खुलासा भएको छ।

के-के छ त रेड्मी नोट १० सिरिजमा?

स्पेसिफिकेशन्स: लिक भएको फोटोका अनुसार रेड्मी १० मा ६.४३ इन्च(inch) को अमोलेड(AMOLED) डिसप्ले र सेन्टरमा पन्च होल कटआउट हुनेछ। यस सिरिजमा क्वाल्कम सन्याप् ड्रागोन(Qualcom Snapdragon)-६७८ एसओसी पावर ब्याकपका लागि ५००० एमएएच(MAH)को बैटरी हुनेछ । फोनमा भएको बैटरी ३३ वाट(Watt) फास्ट चर्जिङ्ग सपोर्ट हुनेछ। यस फोनमा डुअल स्पिकर(Dual speaker) र ४८ मेगा पिक्सल(MP) क्वाड क्यामेरासंगै अल्ट्रा वाइड अंगल लेन्स(Ultra-Wide Angle Lens) वा मैक्र सेन्सर हुनेछ। रेड्मी सिरिजमा १२० Hz डिसप्ले र ५ एमपी (MP) सुपर मैक्रो लेन्स हुनेछ। लेकभएको उक्त फोटोमा मोबाइल हरियो (ग्रीन) रंगमा देखिएको छ । ग्रीनसंगै कालो(Black) र सेतो(White) रंगमा पनि यो उपलब्ध हुने बताइएको छ। यससंगै फोनमा यूएसबी टाइप-सी पोर्ट(USB Type-छ Port), ३.५ एमएम(mm) अडियो ज्याक, स्पीकर ग्रिल र माइक्रोफोन तल हुनेछ। फोनमा भोलुम(Volume) बटन वा पावर बटन राइटमा वा सिम-ट्रे लेफ्टमा दिनेछ। रेड्मी नोट १० एन्ड्रोइड ११ मा आधारित एमआईयुआई (MIUI) १२ कस्टम स्किन वा १२८ जीबी (GB) स्टोरेजभन्दा कम हुनेछ। भारतीय बजारमा यो फोनको मुल्य १५ हजार भन्दा कम हुने बताइएको छ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update