
हरेक बर्ष झै यो बर्ष पनि महाशिवरात्रीपर्वको अवसरमा भक्तपुरको सिपाडोल स्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा विहान देखि दर्शनार्थीको घुईचो लागेको छ । प्रत्येक बर्ष शिवरात्री पर्वको अवसरमा डोलेश्वर मन्दिरमा विभिन्न जिल्ला वाट आउने दर्शनार्थी को भिड लाग्ने गरेको हो ।
कोरोना माहामारीको जोखिम रहेकाले मन्दिर दर्शनका लागि आउने भक्तजनहरुलाई माक्स र सानिटाइज अनिर्वाय गरेको मन्दिर विकास समितीले जानकारी दिएको छ । मन्दिर दर्शनका लागि आउने भक्तजनहरुलाई विषेश पुजा , हवन र रुद्धाभिषेक गरि पञ्च स्नान गराउने व्यवस्था समेत गरेको थियो ।
यस बर्ष डोलेश्वर मन्दिरमा गत बर्ष जस्तै साधुसन्त तथा बाबाहरुको भने उपस्थिती रहेन् । भारतमा कोरोनाको खोप अभियान चलिरहेकाले उतावाट आउने साधुसन्त तथा बाबाहरुको उपस्थितमा कमी आएको विकास समितीको भनाई छ । यहाँ आउने साधुसन्त तथा बावाहरु लाई शिवरात्रीको भोली पल्ट दक्षिण दिएर विदाई गरिने छ ।
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय