हिमाल दैनिक
एसी मिलानकाको सम्झौता २०२२ जुनसम्म थप
Stefano-Pioli
एसी मिलानका प्रशिक्षक स्टेफानो पियोलीले सन् २०२२ जुनसम्म सम्झौता थप गरेका छन्। ५४ वर्षे पियोलीले गत वर्षको अक्टोबरबाट टोली प्रशिक्षण सम्हालेका थिए। उनको सम्झौता यसै सिजनको अन्त्यपछि सकिँदै थियो। तर लाजियो र इन्टर मिलानका पूर्वप्रशिक्षक पियोलीले एसी मिलानलाई इटालियन सिरी ‘ए’ को पाँचाैं स्थानमा राख्दै अर्को सिजन युरोपा लिग छनोटको संघारमा पु-याइसकेका छन्। ‘म खुसी छु र क्लबले मप्रति देखाएको विश्वासका लागि आभारी छु,’ पियोलीले भने, ‘म सबैलाई धन्यवाद दिन चाहन्छु, हाम्रा समर्थक,जो अहिले मैदान उपस्थित भएर खेल हेर्न पाइरहेका छैनन् तर हामी सधैं उनीहरूको साथमा छौं। हामी अहिले राम्रो स्थानमा बस्दै सिजन अन्त्य गर्ने लक्ष्यमा केन्द्रित छांै।’ ‘स्टेफानो पियोलीसँग क्लबलाई लक्ष्यअनुसारको बाटोमा डो-याउने क्षमता छ,’ एसी मिलानका कार्यकारी निर्देशक इभान गाजिडिजले भने। एसी मिलानले सिजनको अन्तिम ३ खेल खेल्न बाँकी छ। मिलानले शुक्रबार दोस्रो स्थानको एट्लान्टाको सामना गर्नेछ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०७७