हिमाल दैनिक
रियल म्याड्रिड गोलरहित बराबरीमा रोकियो
real madrid-la-liga
ला लिगा फुटबलमा रियल म्याड्रिड बराबरीमा रोकिएको छ। आइतबार राती भएको खेलमा सोसिडाडसँग भएको खेलमा रियल म्याड्रिड गोल रहित बराबरीमा रोकिएको हो। सिजनको दोश्रो खेलमा मड्रिडले पकड जमाए पनि गोल भने गर्न नसक्दा दुवै टिमले १-१ अंक बढेका छन्। यस सिजनमा म्याड्रिडको यो पहिलो खेल हो। यस अघिको भाल्लाडोलिडासँग खेलमा सोसिडाड १-१ को बराबरीमा रोकिएको थियो। दुई खेल खेलेको सोसिडाडले अंक तालिकामा २ अंक बटुलेको छ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७