अग्रवालको शतकमा पंजावद्वारा राजस्थान रोयल्सलाई २२४ रनको विशाल चुनौतिपूर्ण लक्ष्य

शारजहामा जारी आइपिएल लिग खेलको नवौँ खेलमा किंग्स–११ पंजावले राजस्थान रोयल्सलाई २२४ रनको विशाल लक्ष्य दिएको छ।
टस जितेर फिल्डिङ रोजेको राजस्थानका लागि पंजावका एम अग्रवाल र केएल राहुल भारी परेपछि विशाल चुनौतिको सामना गर्नु परेको हो।
अग्रवालले ५० बल खेल्दै १ सय ६ रन तथा राहुलले ५० ६८ रनको योगदान गर्दै पंजावको लागि १८३ रनको साझेदारी गरे।
अग्रवालको यो शतक नै यसपटकको खेलको पहिलो शतक बनेको छ।
प्रकाशित मिति: शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय