४४९ रन भएको खेलमा पञ्जाबमाथि राजस्थानको रोमाञ्चक जित

यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोलयल्सले लगातार दोस्रो जित निकालेको छ। आइतबार भएको खेलमा राजस्थानले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले हराउँदै तालिकामा दोस्रो स्थानमा उक्लिएको हो।
शारजाहाँ क्रिकेट स्टेडियममा पन्जाबले दिएको २२४ रनको फराकिलो लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२६ रन बनायो। दुबै टोलीको गरि ४० ओभरमा ४४९ रन बनेको थियो।
राजस्थानका लागि सन्जु श्यामसन, राहुल तेवातिया र स्टिप स्मिथले अर्धशतकीय पारी खेले । ४२ बल खेलको सन्जुले ४२ चौका र २ छक्काको सहयोगमा ८५ रन बनाए ।
त्यस्तै २७ बल खेलको स्टिभ स्मिथले ७ चौका र २ छक्काको सहयोगमा ५० रन बनाउन सफल भए । त्यस्तै राहुल तेवातियाले ३१ बल खेल्दै ७ छक्काको सहयोगमा ५३ रनको योगदान गरे ।
बलिङतर्फ पन्जाबका लागि मोहमद स्वामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै शेल्डोन कट्रेल, मुर्गान अश्विन र जेम्स निसमले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २२३ रन बनाएको थियो । पन्जाबका लागि मयंक अग्रवालले शतकीय पारी खेले । ५० बल खेलका उनले १० चौका र ७ छक्काको सहयोगमा १०६ रन बनाए ।
त्यस्तै केएल राहुलले अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा ६९ रन बनाए । त्यस्तै विलेन म्याक्सवेलले १३ रन बनाउँदा निकोलस पोरानले २५ रनको योगदान गरे ।
बलिङतर्फ राजस्थानका लागि अंकित राजपुत र टोम करनले समान एक–एक विकेट लिए । आजको खेलमा जित निकालेसँगै राजस्थानले आईपीएलमा आफूलाई बलियो सावित गरेको छ ।
दुई खेल खेलको राजस्थानले चार अंक जोडेको छ । यता तीन खेल खेलको पन्जाबले दुई अंक जोडेको छ ।
प्रकाशित मिति: शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय