हिमाल दैनिक
सुनको मुल्य आज पनि बढेको छ । बुधबार ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ९४ हजार ५ सय पुगेको छ। यो अहिले सम्म कै उच्च मुल्य हो। त्यस्तै तेजावी सुनको मुल्य पनि ५ सय ५ रुपैयाँले बढेको छ । आज तेजावी सुनको मुल्य ९४ हजार ६५ रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ। बुधबार तजावी सुनको मुल्य ९३ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मुल्य १० रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको छ। साउन महिनामा सुनको मुल्यको विवरण
गते सुन (प्रति तोला) तेजाबी सुन (प्रति तोला) चाँदी (प्रति तोला)
१ ९२७०० ९२ हजार २६० १००५
२ ९२२०० ९१ हजार ७६० ९९५
४ ९२५०० ९२ हजार ६५ १००५
५ ९२३०० ९१ हजार ८६५ १०००
६ ९२७०० ९२ हजार २६० १०४०
७ ९४००० ९३ हजार ५६० ११३५
८ ९४५०० ९४ हजार ६५ ११४५

प्रकाशित मिति: बुधबार, साउन ७, २०७७