सुनको मुल्य ९६ हजार नाघ्यो
                        
                        
                                                
                                            
                        आज सुनको मुल्य अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ९६ हजार ३ सय पुगेको छ। सुनको मुल्य ९६ हजार काटेको यो पहिलो पटक हो ।
त्यस्तै तेजावी सुनको मुल्य पनि ४ सय ९५ रुपैयाँले बढेको छ । आज तेजावी सुनको मुल्य ९५ हजार ८ सय ६० रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ। शुक्रबार तजावी सुनको मुल्य ९५ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मुल्य ५ रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको छ। साउन १ गते ९२ हजार ७०० मुल्यमा कारोबार भएको सुन १० दिन मै ३ हजार ६ सय रुपैयाँले र चाँदीको १५० रुपैयाँलेवृद्धि भएको छ । कोरोनाका कारण चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार जेष्ठ २५ गते बाट शुरु भएको थियो। सुनको मुल्य प्रति तोला ८७ हजार ४०० तय गरिएको सुन आज सम्म आइपुग्दा ८ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ।
साउन महिनामा सुनको मुल्यको विवरण
                        
                    
                | गते | सुन (प्रति तोला) | तेजाबी सुन (प्रति तोला) | चाँदी (प्रति तोला) | 
| १ | ९२७०० | ९२ हजार २६० | १००५ | 
| २ | ९२२०० | ९१ हजार ७६० | ९९५ | 
| ४ | ९२५०० | ९२ हजार ६५ | १००५ | 
| ५ | ९२३०० | ९१ हजार ८६५ | १००० | 
| ६ | ९२७०० | ९२ हजार २६० | १०४० | 
| ७ | ९४००० | ९३ हजार ५६० | ११३५ | 
| ८ | ९४५०० | ९४ हजार ६५ | ११४५ | 
| ९ | ९५८०० | ९५ हजार ३६५ | ११५० | 
| ११ | ९६३०० | ९५ हजार ८६० | ११५५ | 
प्रकाशित मिति: शनिबार, साउन १०, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

