कतारमा श्रमिकको न्यूनतम पारिश्रमिक एक हजार रियाल पुग्यो
                        
                        
                                                
                                            
                                                
                        दोहाः नेपाली श्रमिकको प्रमुख गन्तब्य मुलुक कतारले श्रमिकहरुका लागि मासिक न्यूनतम एक हजार कतारी रियाल तोकेको छ।
यसले नेपाली श्रमिकहरुलाई फाइदा हुने छ। कतारमा हाल झण्डै चार लाख श्रमिक कार्यरत छन्। हालको श्रम कानूनमा संशोधन गरेर कतारले नयाँ व्यवस्था लागू गरेको हो।
नयाँ कानुनी व्यवस्था अनुसार रोजगारदाताले आफ्नो रोजगारी बदल्न अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ।
त्यसैगरी प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले देशमा जारी श्रम व्यवस्थामा थप सुधार गरी स्वदेशी तथा विदेशी कामदारका लागि थप लचिलो भएको जनाएको छ। जस अनुसार कतारमा श्रमिकले रोजगारी बदल्नुअघि रोजगारदाताले अनुमति दिनुपर्ने व्यवस्था मानवअधिकारको विरुद्धमा रहेको भन्दै विभिन्न संघसंस्थाले लामो समयदेखि विरोध गर्दै आएका थिए।
नयाँ व्यवस्थासँगै कतारमा रहेका आप्रवासी कामदारले आफ्नो करार अवधि समाप्त हुनुअघि नै रोजगारी बदल्न सक्नेछन्।
मन्त्रालयले थप रोजगारी सम्झौताहरु अध्यावधिक गर्ने जनाएको छ। कतारको राजपत्रमा प्रकाशित भएपछि सरकारले तोकेको भन्दा कम पारिश्रमिक पाउने कामदारले नयाँ व्यवस्था अनुसार भुक्तानी पाउनेछन्।
कतार सरकारको यो निर्णयको विभिन्न मानवअधिकारवादी संस्थाहरु स्वागत गरेका छन्। न्यूनतम पारिश्रमिकका साथै रोजगारदाताले आवास तथा खाध्यान्न र औषधि उपचारका लागि अतिरिक्त सुविधाहरु थप गरेको मन्त्रालयले दाबी गरेको छ।
                        
                    
                प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

