एल.जी.द्वारा ‘अपग्रेड टु हेल्दि लाईफ स्टाईल अफर’को घोषणा
                        
                        
                                                
                                            
                                                
                        एल.जी. नेपालले यसपालीको पर्वलाई लक्षितगरि अपग्रेड टु हेल्दिलाईफ स्टाईल अफर बजारमा ल्याएको छ।
‘स्वच्छ रहौं र एल.जी.सँग अझै धेरै बचत गरौं’ भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत एल.जी.को कुनै पनि घरायसी सामानहरुको खरिदमा ४०% छुटका साथै आकर्षक उपहारहरु प्रदान गर्ने जानकारी एल.जी. कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
घरायसी सामानहरु खरिद गरी आफ्नो घरमा विशेष परिवर्तन ल्याउन चाहने ग्राहकहरुका लागि यो समय उत्कृष्ट अवसर भएको पनि बताइएको छ। एल.जी.ले यस अफर अन्तर्गत ४०% सम्मक्यास ब्याक साथै घरेलु उपकरणहरु खरिदगर्दा अकर्षक उपहार प्रदान गरेको छ।
घरेलु उपकरण अन्तर्गत साईड बाई साईड रेफ्रीजेरेटर खरिद गर्दा एल.जी.को माईक्रोवेभ वोभन, डबल डोर रेफ्रिजेरेटर खरिद गर्दा मिक्चर, ८ केजी सम्मको फ्रन्टलोड वासिङमेसिन खरिद गर्दा पिजनको गिफ्ट सेट, ९ केजी भन्दामाथि र वासर ड्रायर वासिङमेसिन खरिद गर्दा पिजनको इन्डक्सन कुकर, टपलोड वासिङ मेसिन खरिद गर्दा पिजनको आईरन, डिस वासर खरिद गर्दा पिजनको गिफ्ट सेट, एसी खरिदमा फ्रि जडान जस्ता उपहारहरु साथै अकर्षक छुट पनि प्रदान गर्ने घोषणा गरेको छ।
साथ साथै टि.भी. म्युजिक सिस्टम, भ्याकुमक्ल्निर, सिङगल डोर रेफ्रिजेरेटर र एयर प्युरिफायरको खरिदमा ४०% सम्म क्यास ब्याक पनि प्रदान गरेको छ।
यो अफर भदौ २८ गते देखि सिमित अवधिका लागि देशभरी लागू हुने नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्र्तगत एल.जी.को आधिकारीक विक्रेता सि.जी. इम्पेक्स प्रा.ली.ले जनाएको छ।
                        
                    
                प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

