
सोमबार नेपालमा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १८६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
संक्रमितहरुमा काठमाडौंका दुई र ललितपुरका एक जना पनि रहेका छन् । थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको छ । त्यस्तै सोमबार थप १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ११ हजार ८ सय ६८ जना उपचारपछि निको भएको प्रवक्ता गौतमले बताए ।
हालसम्म ३ लाख १९ हजार ८७२ जनाको पिसिआर परिक्षण गरिएको छ भने हाल ५ हजार ९ सय ३६ जना आइशोलेशनमा छन् भने २२ हजार २२८ जना क्वारेन्टााइनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय