हिमाल दैनिक
मंगलबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप नयाँ १५० जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिपी अस्प्ताल धरानमा गरिएको परिक्षणका क्रममा ११ जना, कोशी अस्पताल बिराटनगरमा ३ जना, प्रादेशीक अस्पताल बिराटनगरमा ३ जना, जनकपुरमा ४२ जना, बिरगंजमा ३ जना, चितवनमा ४ जना, हेटौडामा ५ जना , धुलिखेलमा ३ जना , पाटन अस्पतालमा १ जना , शिक्षण अस्प्तालमा १४ जना , स्टार अस्प्ताल ललितपुरमा १ जना , पोखरामा १२ जना , रुपन्देहीमा १ जना , भेरी अस्प्ताल नेपालगंजमा ६ जना, सुर्खेतमा २ जना, दैलेखमा ९ जना, चौरजहारीमा १ जना, डडेल्धुरामा ४ र सेती अस्पताल धनगढीमा गरिएको परिक्षणका क्रममा २७ जनामा कोरोना देखिएको हो । गत २४ घण्टामा ३९६३ पिसिआर परिक्षण भएको प्रवक्ता गौतमले जानकारी दिए । मंगलबार थप ६०९ जना डिष्चार्ज भएका छन् भने हालसम्म हालसम्म १२,४७७ जना डिष्चार्ज भएका छन् । हाल सक्रिय कोरोना संक्रमित ५४७७ जना छन् ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update