हिमाल दैनिक
साउन ५ गतेसम्म कुन देशबाट कति नेपाली स्वदेश फर्किए?
020309657data-ccmc
कोभिड-१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्ने क्रममा मंगलबार १२१५ नेपाली काठमाडौं आइपुगेका छन्। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का अनुसार स्वदेश फर्किनैपर्ने नेपालीहरूलाई विभिन्न उडानद्वारा काठमाडौं ल्याइएको हो। सिसिएमसीका अनुसार मलेसियाबाट ४९३ जना नेपाली आएका छन्। यस्तै, साउदीको दमामबाट १५४, साउदी अरब रियालबाट २६४, १४९ र कतारबाट १५५ जना नेपाली काठमाडौं आइपुगेका छन्। उक्त फ्लाइटहरूमा सात वटा शव पनि ल्याइएको छ। नेपाल आएकामध्ये एक जना अस्पताल भर्ना भएका छन्। उनीहरूलाई नेपाली सेनाको व्यवस्थापनमा स्थापना गरिएको होल्डिङ सेन्टरमा लगिएको छ। उनीहरूको व्यक्तिगत विवरण तथा स्वास्थ्य परीक्षण भइरहेको सिसिएमसीले जनाएको छ। साउन ५ गतेसम्म विभिन्न २५ देशबाट ३२ हजार ८७८ जना नेपाली स्वदेश फर्किएको सिसिएमसीले जनाएको छ।  
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update