हिमाल दैनिक
विश्वभर कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ भने मृतकको संख्यासमेत घट्न सकेको छैन्। बितेको चौबिस घण्टामा विश्वभर २ लाख ३८ हजार ५ सय २१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने, ५ हजार ६ सय ६० जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा फेरि कोरोना भाइरसको संक्रमणदर बढेको छ। अमेरिकामा  एक दिनमा १ हजार १ सय १० जनाको मृत्यु भएको छ भने ६६ हजार ९ सय ३३ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै अमेरिकामा भाइरसबाट कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४४ हजार ९  सय ४४ पुगेको छ भने ४० लाख २८ हजार ३ सय ६२ जना संक्रमित छन्। अमेरिकामा देखिएका भाइरसका संक्रमितमध्ये १६ हजार ७ सय २१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १८ लाख ८५ हजार ५ सय २७ जना निको भएका छन्। कोरोना भाइरसको मृत्युदर दिनप्रतिदिन बढ्दै गइरहेको ब्राजिलमा एकदिनमा १ हजार ३ सय ४६ जनाको ज्यान गएको छ भने ४४ हजार ८ सय ८७ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो दुइ सातादेख अमेरिकाभन्दा ब्राजिलमा मृतकको संख्या बढिरहेको छ भने संक्रमितको संख्य अमेरिकामा बढी रहेको छ। ब्राजिलमा कोरोना भाइरसबाट बुधसम्म ८१ हजार ५ सय ९७ जनाको ज्यान गएको छ भने २१  लाख ६६ हजार ५ सय ३२जनामा संक्रमण रहेको पुष्टि भएको छ। संक्रमण देखिएकाहरुमध्ये १४ लाख ६५ हजार ९ सय ७० जना निको भएका छन् भने ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ। कोरोना भाइरस प्रभावित मुलुकको तेस्रो  नम्बरमा रहेको भारतमा बितेको चौबिस घण्टामा ६ सय ७१ जनाको मृत्यु भएको छ भने ३९ हजार १ सय ६८ जना नयाँ संक्रमित थपिएका छन्। भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ हजार ७ सय ७० पुगेको छ भने, ११ लाख ९४ हजार ८५ जनामा संक्रमण देखिएको छ। भारतमा रहेका संक्रमितमध्ये ७ लाख ५२ हजार ३ सय ९३ जना जना निको भएका छन् भने ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था खराब छ। भाइरसबाट प्रभावित देशको सूचीमा चौथो नम्बरमा रहेको रुसमा एकदिनमा १ सय ५३ जनाको मृत्यु भएको छ भने ५ हजार ८ सय ४२ जना नयाँ संक्रमित थपिएका छन्। रुसमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ५ सय ८० पुगेको छ भने ७ लाख ८३ हजार ३ सय २८  जना संक्रमित छन्।संक्रमितमध्ये ५ लाख ६२ हजार  ३ सय ८४ जना  निको भएका छन्। मेक्सिकोमा अहिलेसम्म भाइरसका कारण ३२ हजार ७ सय ९६ जनाको मृत्यु भएको छ भने २ लाख ७५ हजार ३ जना संक्रमित भेटिएका छन्।, विश्वभर कोरोना भाइरसका कारण ज्यान चौबिस घण्टामा ३ सय १ जनाको मृत्यु भएको छ भने ५ हजार १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन्। मेक्सिकोमा भाइरसका कारण ४९ हजार ४ सुय ८५ पुगेको छ भने ३ लाख ३९ हजार ३ सय ९६ जना संक्रमित रहेका छन्। कोरोना भाइरसका कारण विश्वभर ६ लाख १८ हजार ४ सय ७६ जनाको मृत्यु भएको छ भने १ करोड ५० लाख ८४ हजार ३ सय ७१ जना संक्रमित छन्। संक्रमण पुष्टि भएकामध्ये ९१ लाख ३ हजार ९ सय ४७ जना निको भएका छन् भने ६३ हजार ७ सय ९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update