
कोरोनाको जोखिम नघटेको भन्दै सावधानी पुर्वक आवश्यक काम गर्न मात्र लकडाउन खुल्ला गरेको स्पष्ट पारेको छ । बिहीबार सञ्चारकर्मीसंग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम नघटेको स्पष्ट गर्र्दै आफ्नो सुरक्षा आफै गर्न सुझाव दिए ।
उनले लकडाउन खोलिएको अर्थ पहिलोको कोरोना नभएको अवस्थामा पुग्यो भनेर नबुझ्न आग्रह पनि गरे । सबै कुरालाई ध्यान दिएर सरकारले लकडाउन हटाएको भन्दै गौतमले कोरोना नियन्त्रणमा जनताको महत्वपूर्ण भूमिका हुने बताए ।
त्यस्तै उनले अहिलेको अवस्थामा सवै नेपालीको कोरोना परिक्षण गर्न सम्भव नभएको जिकिर गरे । एउटा कोरोना जाँचको पाचहजार पाँच सय खर्च हुने भन्दै प्रवक्ता गौतमले तीनलाख भन्दा बढिको कोरोना परिक्षण गर्दा अरवौं खर्च भएको बताए ।
त्यस्तै प्रवक्ता गौतमले ७ वटा मेसिन खरिद गरिएको भन्दै अव कोरोना परिक्षण दर दैनिक १५ हजार भन्दा माथि हुने जानकारी दिए । सात वटा मेसिन प्रत्येक प्रदेशमा एक–एक वटा पठाइने मन्त्रालयले जनाएको छ । जसमा धनगढी, सुर्खेत, नेपालगञ्ज, पोखरा, धुलिखेल, वीरगन्ज र विराटनगरलाई वितरण गरिने छ । मन्त्रालयले तत्काल कोरोना परिक्षण किटको अभाव नहुने पनि जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय