हिमाल दैनिक
नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १३० जनामा कोरोना संक्रमणा देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ जना पुगेको छ । संक्रमितहरुमा काठमाडौंमा ८ जना पनि रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुईजना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीनजना र स्टार अस्पताल ललितपुरमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आइतबार थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १३ हजार १ सय २८ जना उपचारपछि निको भएको प्रवक्ता गौतमले बताए । मन्त्रालयका अनुसार हालसम्म ३, ४२, ४५७ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । नेपालमा मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update