हिमाल दैनिक
कोरोना भाइरस (कोविड-१९) बिश्वमा अहिले सम्म १ करोड़ ६४ लाख २० हजार २८७ जनामा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म कोरोनाका कारण ६ लाख ५२ हजार २५६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । संक्रमित मध्ये हालसम्म १ करोड ४८ हजार ५२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख १९ हजार ९७९ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।जसमध्य ६६ हजार २७६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४३ लाख ७१ हजार ८३९ जनामा संक्रमण देखिएको छ। यस प्रकोपका कारण अमेरिकामा १ लाख ४९ हजार ८४९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । चीन: चीनमा थप ४ जनामा कोरोनाको संक्रमण देखिएको छ। चीनका संचार मध्यमका अनुसार आइतबार विदेश बाट आएका ४ जनामा संक्रमण देखिएको पुष्टि भएको हो। संक्रमित दुई जना मंगोलिया ऑटोनॉमस रीजन, १ फूजियान र १ शिचुआन प्रान्तमा भेटिएको छ। यससंगै चीनमा बाहिरबाट आएर संक्रमित भएको संख्या २०४९ पुगेको छ। हालसम्म चीनमा कोरोनाबाट ८३ हजार ८९१ मा संक्रमित भएका छन् भने ४ हजार ६३४ को मृत्यु भईसकेको छ । त्यस्तै अहिलेसम्म ७८ हजार ९१८ निको भई सकेका छन्। ब्राजिल: ब्राजिलमा पछिल्लो २४ घण्टामा २४ हजार ५७८ संक्रमित थपिएका छन् भने ५५५ भन्दा बढीको मृत्यु भई सकेको छ। ब्राजिलमा अहिले सम्म २४ लाख १९ हजार ९०१ जनामा संक्रमित देखिएको छ भने ८७ हजार ५२ जनाको मृत्यु भई सकेको छ। त्यस्तै त्यहाँ १६ लाख ३४ हजार २७४ जना निको भईसकेका छन्। कोरोनाबाट बढी प्रभावित हुनेमा ब्राजिल दोश्रो राष्ट्र हो। साउदी आरब : साउदीमा पछिल्लो समय कोरोनाको संक्रमण बढेको छ। २४ घण्टामा साउदीमा १ हजार ९६८ जना नयाँ संक्रमित फेला परेका छन्। साउदीमा हाल सम्म २ लाख ६६ हजार ९४१ जनामा संक्रमण देखिएको छ भने २ हजार ७३३ जनाको मृत्यु भई सकेको छ। २४ घण्टामा साउदीमा ३० जनाको मृत्यु भईसकेको छ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update