हिमाल दैनिक
कोरोनाका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ। बुधबार पर्साका ७० र ६५ बर्षिय पुरुष कोरोनाका कारण मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ। मृत्यु हुने ७० बर्षिय पुरुष नेसनल मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको थियो। उनको स्याब नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा उनमा कोरोनाको संक्रमण देखिएको हो। उनलाई पखाला लगेर अस्पताल भर्ना गरिएको मेडिकल कलेजले जानकारी दिएको छ।
यो पनि पढ्नुहोस्:
परीक्षण घटाएर संक्रमण नबढेको प्रचार गर्दैछ सरकार

त्यस्तै गण्डक अस्पताल उपचार गराईराखेका ६५ बर्षिय पुरुषको मुटुमा समस्या देखिएको थियो। उनलाई साउन ८ गते देखि अस्पताल भर्ना गरिएको थियो। उनको पनि आज नै मृत्यु भएको थियो। दुवैको स्याबको परिक्षण गर्दा दुवैमा संक्रमण देखिएको अस्पतालले जानकारी दिएको छ। यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ। आज मात्र २ सय १० जनामा कोरोनाको संक्रमण देखिएको छ।
यो पनि पढ्नुहोस्:
कोभिड–१९ को जोखिम कायमै कूल ३८२ सुरक्षाकर्मीमा सङ्क्रमण
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update