
पाटन अस्पतालमा थप एक महिलाको मृत्यु भएको छ। लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियूमा उपचार गराइरहेकी ६५ वर्षीया महिलाको मृत्यु भएकाे हो । अस्पतालका अनुसार उनमा उच्च रक्तचापकाे समस्या थियो।
साउन ६ गते सानेपाको स्टार अस्पतालमा भर्ना भएकी महिलाको परिक्षण गर्दा संक्रमण देखिएपछि उनलाई पाटन अस्पताल लगिएको थियो। उनि केहि समयअघि विरगंजबाट फर्किएको बताइएको छ। उनमा रुघाखोकीलगायतकाे समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो।
यससंगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ। कोरोनाको कहरको डर सरकारले चैत्र ११ गते देखि लकडाउन लगाएको थियो। साउन ७ देखि सरकारले लकडाउन अन्त्य गरेसंगै नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय