हिमाल दैनिक
नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये ३१ जना काठमााडौं उपत्यकाका रहेका छन् । आइतबार काठमाडौंमा २२, ललितपुर ८ र भक्तपुर १ जनामा कोरोना संक्रमण देखिएको हो । थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको छ । आइतबार थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १४ हजार ६ सय ३ जना उपचारपछि निको भएका छन् । त्यस्तै कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा जिल्ला विरगंञ्ज बस्न ६८ वर्षकी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको बताए। पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले कोभिड १९ निदानको लागि आरडिटी परीक्षण नगर्नका लागि सम्पूर्ण प्रदेश, स्थानीय तह तथा अस्पतालहरुलाई पुनः जानकारी गराइएको बताए । त्यस्तै देशका विभिन्न अस्पतालहरुमा आकस्मिक सेवासहित अन्य सेवा प्रभावित भएकोले सेवा सञ्चालन गर्नको लागि उनले आग्रह गरे ।
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update