नेपालमा मंगलबार थप २५९ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २५९ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा काठमाडौं उपत्यकाका ६२ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४८ जना, भक्तपुरमा १३ र ललितपुरमा १ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या २१ हजार ९ जना पुगेको छ ।
त्यस्तै कोरोनाबाट मोरङमा एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । हालसम्म १५, ०२६ जना डिष्चार्ज भएका छन् भने गत मंगलबार थप ६५ जना डिष्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
त्यस्तै हाल संक्रिय संक्रमितको सख्या ५९२५ जना रहेका छन् भने क्वारेन्टाइनमा १०,४५२ जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय