गण्डकी प्रदेशमा आज थप २० जनामा कोरोना भाइरस(कोबिड-१९)को संक्रमण देखिएको छ। बिहिबार स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरण अनुसार ६ जिल्लामा २० जनामा कोरोना को संक्रमण पुष्टि भएको हो।
कास्की जिल्लमा ५ जना, पर्बतमा दुई जना, गोरखामा ७ जना, स्याङ्जामा २ जना, तनहुँमा १ र नवलपरासी(ब सु पु )मा ३ जना गरि २० जनामा संक्रमण देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डा बिनोद बिन्दु शर्माले जानकारी दिए।
कास्कीको संक्रमितको विवरण |
- पोखरा महानगरपालिका वडा न ४ का २२ बर्षिय पुरुष
|
- पोखरा महानगरपालिका वडा न ८ का ७२ बर्षिय महिला, ८२, ७ र १४ बर्षिय पुरुष
|
पर्बतको संक्रमितको विवरण |
- महाशिला वडा न १ का ४० बर्षिय पुरुष
|
- कुश्मा बडा १३ का ३० बर्षिय महिला
|
गोरखाको संक्रमितको विवरण |
- पलुङ्गटार वडा ६ ,८ र ९ का ३५ र २४ बर्षिय पुरुष र ३९ बर्षिय महिला
|
- सिरानचोकका २५ बर्षिय पुरुष
|
- बारपाक सुलिकोट का २२ र २९ बर्षिय पुरुष
|
|
स्याङ्जाको संक्रमितको विवरण |
- फेदीखोलाका २७ र ३१ बर्षिय पुरुष
|
तनहुँको संक्रमितको विवरण |
- ब्यास वडा न ४ का २७ बर्षिय महिला
|
नवलपरासी(ब सु पु )को संक्रमितको विवरण |
- हुप्सेकोटका २३,२५ र २५ बर्षिय पुरुष
|
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७