अख्तियारका २२ कर्मचारीमा देखियो कोरोना
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत २२ जनामा कोरोनाको संक्रमण देखिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आज एक जना चालकसहित थप २२ प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको हो।
यसअघि मंगलबार मात्र १५ सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएको थियो। १५ जनामा संक्रमण देखिएपछि सबै कर्मचारीलाई होम क्वारेन्टाइन रखिएको थियो। सबै कर्मचारीको स्याब परिक्षण गर्दा २२ जनाको आज रिपोर्ट पोजेटिभ आएको हो। प्राप्त जानकारी अनुसार हालसम्म एक सय ८२ जनाको परिक्षण गरिएको छ। जस मध्य ३७ जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको छ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय