हिमाल दैनिक
नेपालमा थप तीन सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरुमा काठमाडौं उपत्यकाका ८७ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो । नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २१ हजार सात सय ५० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै पछिल्लो बिहीबार दुई सय ३३ जनाले कोरोनालाई जितेका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५ हजार तीन सय ८९ पुगेको छ । त्यस्तै कोरोनाबाट थप ५ जनाको मृत्यु भएको र नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए । नेपालमा अहिले कोरोनाका ६ हजार दुई सय ९६ जना सक्रिय सङ्क्रमित छन् । अहिलेसम्म चार लाख १९ हजार पाँच सय ७५ जनाको पीसीआर विधिमार्फत स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update