
नेपालमा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएकामध्ये १०६ जना काठमाडौं उपत्यकाका रहेका छन् । थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ ।
शुक्रबार ४२५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना उपचारपछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म ७० जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको उनले बताए ।
हाल ६ हजार ३ सय ३० जना संक्रमितको नेपालमा उपचार भइरहेको छ । हाल १० हजार २ सय ७ जना क्वारेन्टाइनमा छन् । शुक्रबार ७ हजार ९ सय २६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय