मेडिसिटी अस्पतालमा कोरोना संक्रमितको मृत्यु
मेडिसिटी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सोमबार बिहान ६ बजे कलंकीका ६४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिएका छन्।
प्रमुख गेलालका अनुसार उक्त पुरुषमा निमोनियाँको समस्या देखिएपछि गत साउन १५ गते उनलाई अस्पताल भर्ना गरिएको थियो। साउन २२ गते उनमा कोरोना पोजिटिभ देखिएको थियो । उनि मुधमेहको पनि बिरामी रहेको डा गेलालले जानकारी दिए। उनको शव अहिले अस्पताल रखिएको छ। नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने तयारी भई राखेको गेलालले जानकारी दिए।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय