नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको कोरोना परिक्षणका क्रममा १९२ महिला र ५१५ पुरुषगरि थप ७०७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ ।
काठमाडौं, मकवानपुर, सप्तरीका एक–एक जना र पर्साका तीन जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२६ जना पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
त्यस्तै बिहीबार थप २६४ जना कोरोना मुक्त भइ डिष्चार्ज भएका छन् । योसंगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १७ हजार ९ सय ६४ जना पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ जना रहेका छन् भने ११ हजार ७६८ जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय