नघ्न तस्बिर फेसबुकमा हालेपछि कल्पनाले बोहोराको विभत्स हत्या गरेकाे प्रहरीकाे दाबी (भिडियो सहित)

काठमाडौंको गोंगबुमा आइतबार सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा कल्पना मुडभरी पौडेलको संलग्नता रहेको प्रहरीले जनाएकाे पाइएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै बोहोराको हत्यामा संलग्न पौडेललाई सार्वजनिक गरेको हो।
https://www.youtube.com/watch?v=AYdYpx-95JA&feature=youtu.be
साथै प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल लगायत पनि बरामद गरि सार्वजनिक गरेको छ। शनिबार राति कल्पनाको कोठामा पुगेका बोहोरा र कल्पनालेसँगै बसेर मदिरा पिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
साथै मदिराको नसा चढ्दै गएपछि कल्पनाले दहिमा स्लिपिङ ट्याबलेट हालेर बोहोरालाई खुवाएको पाइएको छ। पौडेलले प्रहरी बयानमा बोहोरालाई स्लिपिङ ट्याबलेट खानदिएर सुतेपछि हथौडाले संवेदनशील अंगमा प्रहार गरी मारेको स्वीकारेको प्रहरीले जनाएको छ।
पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बोहोरा र कल्पनाबीच फेसबुकबाट चिनजान भएको र पछि बोहराले नक्कली फेसबुक बनाएर महिलाका निर्वस्त्र तस्बिर सार्वजनिक गर्न थालेपछि हत्या गरेको हुनसक्ने शंका गरेकाे छ।
हत्यापछि बोहोराको शव व्यवस्थापनमा कल्पनाकी छोरी पनि संलग्नता देखिएको उनले जानकारी दिए। उनले तालिम प्राप्त कुकुरको प्रयोग गरेर अनुसन्धान अघि बढाएको जानकारी पनि दिए।
सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो। त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो। अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार नै हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय