स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुईको मृत्यु, दुई गम्भीर घाइते

स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै दुई जना गम्भीर घाईते भएका छन्।
आईतबार बिहान करिब चार बजे वालिङ नगरपालिका-५ माझकोट स्थित वालिङ–चापाकोट भित्रि सडक खण्डमा एम्बुलेन्स दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीका अनुसार काठमाडौंबाट चापाकोट फर्केको बा.२ झ. ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय ५० मिटर तल खसेर दुर्घटना भएहो हो।
मृत्यु हुनेमा चापाकोट नगरपालिका-९ बस्ने ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट नगरपालिका १० बस्ने २५ वर्षीय श्याम पंगेनी छन्। वालिङ प्राथामिक स्वास्थ्यचौकीमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो।
दुर्घटनामा परी चापाकोट नगरपालिका-९ बस्ने ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र २८ वर्षीया पवित्रा पोख्रेल गम्भीर घाईते भएका छन् । उनीहरुको वालिङ प्राथमिक स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाईएको छ।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय