हिमचितुवा शेर्पाको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
                        
                        
                                                
                                             
                                                
                        काठमाडौं : विश्व कीर्तिमान पर्वतारोही ‘हिमचितुवा’ अर्थात् आङरिता शेर्पाको आज अन्त्येष्टि गरिँदैछ।
मन्त्रिपरिषद बैठकले हिजो गरेको निर्णय अनुसार शेर्पाको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विहान ९ बजे बौद्धस्थित शेर्पा गुम्बामा पुगेर शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउने कार्यक्रम रहेको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए।
त्यसपछि १० बजे शेर्पाको अन्त्येष्टि गर्ने कार्यक्रम रहेको उनले बताए। अक्सिजन बिना नै १० पटक सगरमाथाको सफल आरोपण गरी साहसिक पहिचान बनाएका शेर्पाको गत सोमबार ७२ वर्षको उमेरमा काठमाडौँको जोरपाटीमा निधन भएको थियो।
                        
                    
                प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    