वडाध्यक्षको मृत्यु
                        
                        
                                                
                                            
                        बाजुराको बूढीगङ्गा नगरपालिका–१ का वडाध्यक्षको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१ का वडाध्यक्ष ६८ वर्षीया राजेशकुमार सिंह रहेको वडासदस्य ललित थापाले बताए ।
घरको पूजा गर्ने तयारीमा नुहाएर आएर एक्कासि बेहोस भएपछि मृत्यु भएको स्थानीय आफन्तसमेत रहेका भरतराज उपाध्यायले जानकारी दिए । मृतक सिंह नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष थिए।
                        
                    
                प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

