पहिलो पटक नेकपा सचिवालयको बैठक पेरिसडाँडामा, मन्त्रिपरिषद पुनर्गठन बारे छलफल हुने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सुरु भएको छ। केहि समय अघि नेकपा सचिवालयको बैठक पहिलो पटक पेरिसडाँडामा बैठक बसिएको हो। यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।
यसअघि २ असोजमा बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयमा भौतिक दुरी कायम गरी आसनको व्यवस्था गरिएको छ ।
बालुवाटारमा बसेको २६ भदौको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पारेको पारेको थियो ।
सोही विषय कार्न्वयनका विषयमा पनि सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।
बैठकमा सो निर्णय कार्यान्वयनका लागि मापदण्ड बनाउने, मन्त्रिपरिषद पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय