नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला आज अस्पतालबाट डिस्चार्ज भएका छन्। भदौ २३ गते कोरोनाको संक्रमण देखिएको थियो।
भदौ ३० मंगलबार छातीमा समस्या देखिएपछि राति नै कोइरालालाई ओम अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्थामा सुधार आएको उनको निजि सचिव भारत तिवारीले जानकारी दिएका छन्। उनलाई आज १२ बजे अस्पतालबाट डिस्चार्ज दिइएको थियो।
उनले आफ्नो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्ने सम्पूर्णलाई धन्यबाद ब्यक्त गरेका छन्। त्यस्तै उनको उपचारमा संग्लग्न डा.विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई समेत धन्यबाद व्यक्त गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्


