बलिउड अभिनेता ऋषि कपुरको निधन

बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ। उनको ६७ बर्षको उमेरमा एचएन रिलायंस फाउन्डेसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनकै दाजु रणधीर कपूरले पुष्ठी गरेका हुन् ।
उनका अनुसार ऋषिलाई सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएका थिए। सन् २०१८ मा उनलाई क्यान्सर भएको थियो । उपचारका लागि उनि अमेरिका गएका थिए । ११ अहिना विदेशमा उपचार गराएपछि सेप्टेम्बरमा भारत फर्किएका थिए। बुधबार बलिउड अभिनेता इरफान खानको निधन भएको थियो।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय