कोरोनाको जोखिम कम भएको क्षेत्रमा लकडाउन खुकुलो बनाउने तयारी
कोरोना भाइरस संक्रमणको कम जोखिम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउने गरी कार्ययोजनामााथि कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरोकारवाला निकायहरुसंग छलफल गरेको छ ।
मंगलबार सिंहदरबारमा समितिले लकडाउनको मोडालिटीका बारेमा उद्योगी, व्यङकर्स लगाएत बाणिज्य क्षेत्रसंग सरोकारराख्ने निकायसंग छलफल गरेको हो । नागरिकलाई सुरक्षित राख्दै व्यवस्थीत रुपमा अघि बढाउन छलफल गरि सुझाव मागिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । उनले बिभिन्न क्षेत्रबाट प्राप्त भएका सुझावलाई अध्ययन गरि उपयुक्त मोडालिटि तयार पार्ने बताए । सवै तह र तप्कासंग छलफल गरेर आवश्यक निर्णयमा पुगीने उहाको भनाई छ । बन्दाबन्दीको अवस्थालाई सरलिकृत गर्नेमा समिति अघि बढेको बिडारीले बताए ।
छलफलपछि नेपाल उद्योगबाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जोखिमको अवस्था हेरेर उद्योग संचालन गर्नुपर्नेमा छलफल भएको बताईन । कम जोखिम भएका क्षेत्रमा बिस्तारै जनजीवन सामान्यतर्फ लैजाने गरिनै छलफल भएको उहाले जानकारी दिईन ।
छलफलमा सामाजिक कार्य गर्ने संघसंस्था, यातायात व्यवसायी लगाएतको पनि सहभागीता रहेको थियो । ७० दिनसम्म लकडाउन गर्दा पनि कोरोना संक्रमितको संख्या भने बढिरहेको छ । लामो समयको लकडाउनका कारण ठूलो वर्गमा जीविकोपार्जनको समस्या देखिन थालेको छ भने नागरिक समाजबाट पनि यसको मोडालिटी परिवर्तन गरिनुपर्ने आवाज उठिरहेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय