नेपालमा पछिल्लो २४ घन्टामा थप कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सोमबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा देवकोटाले यस्तो जानकारी दिएका हुन् ।
प्रयोगशाला परीक्षणका आइतबार नेपालगञ्ज र वीरगञ्जमा गरी १५ जनामा जनामा कोरोना संक्रमण देखिएको थियो । शुक्रबार पनि नेपालगञ्जमा एक जनामा कोरोना देखिएको थियो । अहिलेसम्म नेपालमा कूल संक्रमितको संख्या ७५ रहेको छ । जसमा पुरुष ५८ र महिला १७ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार देशभर १३ हजार ६ सय ४० पीसीआर परीक्षण गरिएको छ । भने ५० हजार ८ सय ४५ आरडीटि परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ परीक्षण गरिएको प्रवक्ता देवकोटाले बताए ।
देशभर क्वारेन्टाइनमा रहेकाको संख्या २१ हजार ५ सय २३ रहेको छ भने आइसोलेसनमा हुनेको संख्या १ सय ६ रहेको छ । जसमा उपत्यकामा १ र उपत्यका बाहिर १ सय ५ जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय