नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । डा. देवकोटाका अनुसार हालसम्म १२ हजार ११ जनाको पीसीआर परीक्षण र ४६ हजार ८६० जनाको आरडीटी परीक्षण गरिसकिएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६८२ जनाको परीक्षण भएको छ । प्रदेश १ मा ४९८५, प्रदेश २ मा ५४५६, बागमती प्रदेशमा ८३६१, गण्डकी प्रदेशमा ५४११, प्रदेश ५ मा ३७९९, कर्णाली प्रदेशमा ५४३६ र सुदूरपश्चिम प्रदेशमा १३४११ जनाको आरडीटी परीक्षण गरिएको छ । प्रवक्ता देवकोटाले स्तनपान गराउदा कोरोना संक्रमण नहुने बताउदै ढुक्क रहन आग्रह पनि गरे ।
हाल क्वारेन्टाइनमा २३ हजार ३३६ रहेका छन् भने ८० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय