सरकारले संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आजै साँझ पाँच बजेदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।
नेकपाको स्थायी समितिको बैठक ११ बजे सुरु हुनु अघि नै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । शितल निवास बाट फ़र्किए लगत्तै ओलीले तत्काल मन्त्रिपरिषदको बैठक डाकेका थिए। करिब आधा घण्टा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
सरकारको उक्त निर्णयले स्थायी समितिको बैठक नै प्रभावित बनेको छ।
मन्त्रिपरिषद्को निर्णयपछि आजै राष्ट्रपतिले अधिवेशन अन्त्य भएको घोषणा गर्नेछन्।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७
साताको लोकप्रीय