नेकपाकै सदस्यकाे सुझाव सुन्न नभ्याउने प्रम ओलीले के सुन्लान् राप्रपा अध्यक्ष थापाको अर्ती!
आफ्नै पार्टीका सदस्यहरुको राय, सुझाव, सल्लाह र आलोेचना समेत सुन्न नचाहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले दायित्व र कर्तव्यको पाठ पढाउने असफल प्रयास गरेका छन्।
साढे दुई वर्षअघि चुनावमा अत्याधिक बहुमत प्राप्त गरेसँगै सत्ताको नेतृत्व सम्हाल्न पुगेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले त्यस यताका दिनमा निरन्तर पार्टीका सबैजसो बैठक र छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गर्दै त्यसको निरन्तरता शुक्रबार पनि जारी राखेपछि अध्यक्ष थापाले सत्तारुढ दलको नेतृत्वलाई अख्तियारको दरुपयोग र भ्रष्टाचार नगर्न सुझाव दिएका हुन्।
नियमित जसोे नेकपा सचिवालय बैठक डाक्दै आएको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार पार्टीको स्थायी कमिटी बैठक बसेको प्रसंगमा राप्रपा अध्यक्ष थापाले प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै ट्वीट गरेका छन्।
थापाले सरकारी निवास र कार्यालयसँगै त्यहाँको सरकारी साधन स्रोतको दुरुपयोेग गरी पार्टीको बैठक र कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार र अख्तियारको दुरुपयोग भएको आरोप लगाएका छन्। साथै उनले राज्यलाई पार्टीको सम्पत्ति ठान्ने अनैतिक र अलोकतान्त्रिक कार्यको अन्त्य गर्न र राज्यको सम्पत्तिको रक्षा गर्न पनि प्रधानमन्त्रीलाई झकझक्याएका छन्।
ट्वीटरमार्फत थापाले भनेका छन्, ‘प्रधानमन्त्रीको सरकारी निवास, कार्यालय र त्यहॉ रहेका सरकारी साधन श्रोतको दुरुपयोग गरि पार्टीको बैठक र कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो, अख्तियारको दुरुपयोग हो। राज्यलाई पार्टीको सम्पत्ति ठान्ने अनैतिक र अलोकतान्त्रिक कार्य अन्त गरियोस्। राज्यको सम्पति रक्षागर्नु @PM_Nepal को कर्तव्य हो।’
https://twitter.com/KTnepal/status/1276457502993866754
जब कि पार्टी नेतृत्वसँगै सत्ता सञ्चालनको जिम्मा लिएका प्रधानमन्त्री ओलीको कार्यशैली र गतिविधिले कोरोना महामारीको सन्त्रासमा रहेका जनतालाई राज्यको अभिभावकीय भूमिका प्रत्याभूति दिलाउन नसकेको र पार्टी संगठनलाई कमजोर पार्ने कार्य भएको गुनासाहरु स्थायी कमिटी सदस्यहरुबाट आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अध्यक्ष ओली आजको बैठकमा अनुपस्थित रहका छन् भने राप्रपा अध्यक्ष थापाको अर्तीले के छोला र खै?
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय