हिमाल दैनिक
कर दाखिलाबारे सरकारी सूचना अमानवीय र गैरविजम्मेवारपूर्णः बोहरा
Deepak Bohora
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता एवं पूर्वमन्त्री दीपक बोहराले लकडाउनको असहज अवस्थामा पनि उद्योग व्यवसायी र आम करदातालाई जेठ २५ भित्र कर विवरणसहित कर दाखिला गर्न सरकारले जारी गरेको ताकेताप्रति गम्भी आपत्ति प्रकट गरेका छन्। पूर्व मन्त्री समेत रहेका राप्रपा नेता बोहराले लकडाउनको बेला जेठ २५ भित्र कर तिर्नु पर्ने सरकारी सूचनालाई अमानवीय र गैरजिम्मेवारी भएको बताएका छन्। बुधबार सामाजिक सञ्जाल मार्फत नेता बोहराले सरकारको उक्त सूचनालाई बाध्यात्मक र धम्कीपूर्ण भनेका छन्। नेता बोहरा भनेका छन्, ‘लकडाउनका कारण व्यवसाय ७२ दिन देखि ठप्प छ। तर, सरकारले जेठ २५ भित्र कर तिर्न बाध्यात्मक र धम्कीपूर्ण सुचना दिएको छ। सरकारको कदम अमानवीय, गैरजिम्मेवार र व्यबसायको हित विपरीत छ। लकडाउनबाट शिथिल अर्थतन्त्रमा सुधार गर्न, रोजगारी सिर्जना गर्न सरकार व्यबसायी मैत्री हुनैपर्छ– सच्याऔ।’ यसअघि अर्थमन्त्रालयले बुधबार नै एक सूचना प्रकाशित गर्दै जेठ २५ भित्र कर तिर्न र नतिरे जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update