राजपा र समाजबादी पार्टीले दर्ता गरे संविधान (दोस्रो संशोधन) विधेयक

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । सो दलले सोमबार विधेयक गैरसरकारी विधेयकको रुपमा संविधान (दोस्रो संशोधन) विधेयक सचिवालयमा दर्ता गरेका हुन् । संविधान संशोधनको प्रस्तुतकर्ता राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।
राजपा समाजवादी पार्टीले एकता घोषणा गरेर जनता समाजवादी पार्टी गठन गर्ने घोषणा गरेपनि कानुनी मान्यता नपाइसकेकाले दुई दलका नाममा विधेयक दर्ता भएको हो । दर्ता भएको विधेयकमा विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरे लगत्तै नेपालको अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था हुनुपर्ने उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय