हिमाल दैनिक
सरकारले पुनः लकडाउन थप गर्ने तयारी गरेको छ । सिंहदबरबारमा सोमबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा केहि दिन लकडाउन थप गर्न सकिने बिषयमा छलफल भएको हो । त्यस्तै लकडाउनले आर्थिक क्षेत्रमा पारेको असरका कारण यसलाई केहि खुकुलो बनाएर जाने बिषयमा पनि छलफल भएको थियो । यसअघि सुरक्षा संयन्त्रले लकडाउन बढाउन समितिलाई सुझाव दिएको थियो । बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा भइरहेका कामको समीक्षा गर्दै आगामी रणनीतिका बारेमा छलफल भएको जानकारी दिए । उनले लकडाउन खोल्ने बिभिन्न मोडालिटीका बारेमा छलफल भएको र मंगलबार बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए  । कोरोना नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो। चरणबद्ध रुपमा थप गरिएको लकडाउन वैशाख २५ गते सकिँदैछ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update