हिमाल दैनिक
नेकपा सचिवालयको बैठकले स्थायी समितिको मिति तय गरेको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले स्थायी समितिको बैठक बैशाख २५ गते ११ बजे बोलाउने तय गरेको हो। त्यस्तै बैठकमा नेकपाका अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कमीकमजोरी स्वीकार्दै आत्मालोचना गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। उनले उपध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजाने निर्णय गरेको जानकारी दिए। पार्टीका बरिष्ठ नेता माधब कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने अहिले कुनै सहमति नभएको प्रबक्ता श्रेष्ठले बताए। नेता नेपालले यस बिषयमा कुनै चासो नदिएकोले यो सामान्य छलफल सरह टुंगो लागेको बताए।यससंगै नेकपा भित्र उग्र रुप लिएको अन्तरिक विवाद केहि समयको लागि शान्त भएको छ। यस अघिको सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले उपध्यक्षलाई प्रधानमन्त्रीको पद र नेपाललाई तेस्रो अध्यक्षको पदको प्रस्ताव गरेका थिए। प्रबक्ता श्रेष्ठले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन दिएको पनि जानकारी दिए। त्यस्तै स्थायी समितिको बैठकका लागि आवश्यक तयारीका लागि बैशाख २४ गते सचिवालयको बैठक फेरी बस्ने भएको छ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update