हिमाल दैनिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज केहि बेरमा बस्ने भएको छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल हुने जानकारी दिए । यसअघि सचिवालय बैठक यही वैशाख १७ गते बसेको थियो । सो बैठकले आज पुनः सचिवालय बैठक तय गर्ने निर्णय गरेको थियो । दिउसो ४ बजेको बैठक बस्ने भनिएको बैठक अन्तरिक छलफलका कारण एक घण्टा पछि सरेको थियो त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवी भण्डारी बीच भेटवार्ता गरेका छन्। नेकपाभित्र चर्केको विवादका बारेमा छलफल गर्न प्रधानमन्त्री ओली शितल निवास पुगेका थिए। आदि घण्टा भेटवार्ता गरे लगत्तै ओली बालुवाटार फर्केका छन्।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update